सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 टोक्यो | तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५२ टे ल्हो (बाँदर बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न लागिरहेको “सोनाम ल्होछार २८५२ सांस्कृतिक कार्यक्रम २०१६ को तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष कर्म वाङ्गेल लामाले बताउनु भएको छ ।

तामाङ् समाजले बिगतको बर्षहरुमा पनि बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा यो बर्ष तामाङ समाज जापानको ईतिहास मै पहिलो चोटि केन्द्रिय समितिको समन्वयमा एकै चोटि जापानको विभिन्न तीन शहरमा ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको समाज ले जनाएको छ |

जसनुसार फेब्रुवरि ९ मा फुकुओकाको रुम्स हलमा बेलुकी ६ बजेबाट,फेब्रुवरि १४ मा नगोयाको सुम्निमा रेस्टुरेन्टमा दिउसो २ बजेबाट र फेब्रुवरि २१ मा टोक्योको कुखाइदो हल एकेबुकोरोमा बेलुकी ५ बजेबाट हुन गइरहेको उक्त सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा उपस्थित भइ आफ्नो सस्कर र संस्कृति जोगाउन सहायोग गरि कार्यक्रमलाई सफल बनाउन जापानमा रहनुहुने सम्पुर्ण तामाङ लगाएत अन्य समुदायको नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई आयोजकले निमन्त्रणा समेत गरिएको छ ।

नेपालबाट चर्चित युबा गायक/संगीतकार विश्व दोङ र सेलो गायिका शशिकला मोक्तान को साथमा जापान मै रहेका स्थानिय गायक एबं गायिकाहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रम अहिलेसम्मकै फरक अनि सभ्य र भभ्य हुने आयोजकको दबी रहेको छ आफ्नो संस्कृति र नेपाललाई चिनारी दिनको लागि उक्त कार्यक्रममा सम्भब भए सम्म आफ्नो जातिय पोशाकमा उपस्थित हुन आयोजकले सम्पूर्ण जापानबासी तामाङहरुलाई आग्रह समेत् गरिएको छ |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी