ट्रक दुर्घटनामा एकको मृत्यु

ट्रक दुर्घटनामा एकको मृत्यु

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मेलम्ची, २१ माघ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९ थाक्ले भन्ने स्थानमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेलम्ची नपा–९ थाक्लेकी ७० वर्षीया सुकुमाया तामाङको उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

बाहुनेपाटी बजारबाट ढुटो, जस्तापातालगायतका सामग्री बोकेर थाक्लेतर्फ गएको बा३ख ५१७१ नंको मिनीट्रक बढी भारका कारण दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरूको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्रक चालक दुर्घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ