डा. उपेन्द्र देवकोटा न्यूरो सर्जनको रुपमा निकै चर्चित छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा चासो राख्ने देवकोटा अहिले २५ प्लस नामक राष्ट्रियताको अभियान्ता पनि हुनुहुन्छ । उहाले अहिले राजनीतिलाई कसरी हेर्नु भएको छ भन्ने बारेमा नेपाली बाबुले गरेको कुराकानीको सम्पादित अशं प्रस्तुत छः
सञ्चै हुनुहुन्छ ?
ठीक छु डाक्टरै सञ्चो नभए देश बर्बाद भईहाल्छ नि ।
देश साची साह्रै बिरामी भयो नि ?
देशको औषधी गर्ने डाक्टर साहेबहरुले अलि डाईग्नोसिस राम्रो सग‘ गर्न सक्नु भएन कि जस्तो लाग्यो ।
देशको राजनीतिको सल्यक्रिया गर्ने मानिसहरुको असक्षमता हो या सर्टिफिकेटमा त्रुटी छ ?
उहॉहरु ( दलका नेताहरु ) एउठा ठूलो राष्ट्रिय अन्तराष्ट्रिय परिवेशको गलत विष्लेषणको शिकार बन्नु भएको छ । उहॉहरु आफै पनि भिक्टिम हो । उहाहरुसगै लागेर हामी अर्थात देश पनि डुब्दै छ । त्यसकारण यो नेभीगेसनको डिरेक्सन फेल भयो । परिस्थितिको व्याख्या गलत भयो ।
अहिले राष्ट्रिय राजनीतिमा तुष्टिकरणको राजनीति शुरु भयो । अर्थात आफूलाई सुरक्षित गर्न अर्कालाई बलिदान गर्ने काम भईरहेको छ अर्थात अपिज्म शुरु भएको छ । सेकेण्ड वल्र्ड वारमा हिटलरले लडाई शुरु गर्दा बेलायत र फ्रान्सले हामी लडाई लड्न तयार छैनौ भनेर हिटलरलाई खुसी पार्न अष्ट्रिया अकुपाई गर्न दिए र पनि खुसी नभए पछि फेरी उनीहरुले चेकोस्लोभाकिया पनि अकुपाई गर्न दिए । त्यसपछि हिटलर खुसी हुन्छ अनि हामी लडाई गर्नु पर्दैन भनेर फ्रान्स र बेलायतले सोचेका थिए । ईतिहासमा १८३८ मा भएको म्युनिख सम्झौता भएको थियो । यसलाई एपीजमेन्ट भनिन्छ । च्याम्बरलिनले यो सम्झौता गरेर द्धितीय विश्व युद्ध टारे है भनेर भने पछि चर्चिलले के भनेका थिए भने तिमीले यो विश्वयुद्ध टारेको हैन , एटीजमेन्ट हो यसले पछि तिमीलाई नै खान्छ भनेका थिए । गोहीलाई खाना खुवाउने मान्छेले सबैलाई खाईसके पछि अन्तिममा मलाई खाईदिए हुन्थ्यो भन्ने सोच राख्छ भने जस्तै हो एपीजमेन्ट ।
भन्नाले हामीले राष्ट्रियताबारे कुनै कुरा बिचार नगरी कन हरेक कुरा दिदै गयौं । संविधान पनि हामीले अर्काको लागि बनायौं । आफ्नो स्वार्थ पुरा गर्न राजनीतिक परिवर्तन गर्न चाहने विदेशी शक्तिहरुका लागि हामीले बलिदान गर्दै गयौं । यही प्रवृतिले देशलाई गंभीर मोडमा पुर्याएको छ ।
के अहिलेको राजनीतिक प्रोसेस खाली स्वार्थका लागि मात्र प्रयोग भईरहेको छ ?
माओवादीले गरेको आन्दोलनमा जनता र कार्यकर्ताले परिवर्तनको लागि हो भनेर विस्वास गरेका थिए । तर घाम जत्तिकै छर्लङग के भयो भने माथिल्लो तहमा छिमेकी राष्ट्र र अन्तराष्ट्रिय संस्थाहरुको चासो र स्वार्थ गासिएको थियो । पीडाको घाउलाई शल्य क्रिया गरेर निको पारे जस्तै हिजोको आन्दोलनलाई पनि शल्यक्रिया गर्नु पर्यो । अन्तराष्ट्रिय शक्तिहरुको घुसपैठ माथिल्लो लेभलमा भएको थियो भन्ने कुरा देखियो ।
भूराजनीतिको कुरा गर्दा भारतसग‘को मित्रता र शत्रुता पनि हामीले व्यक्तिगत रुपमा प्रयोग गर्यौं जसले गर्दा हामी समस्यामा छौं । नेपाल भारतको राजनीतिको कुरा गर्दा मैले भन्ने गरेको छु कि छिमेकी भनेको बिशेष सम्बन्ध भएको देश हो । हाम्रो ईतिहासले हामीलाई साथी नभई दाजु भाई बनाएको छ । भूगोलले हामीलाई छिमेकी बनाएको छ । हामी अफ्गानिस्तान, बंगलादेश, थाईल्याण्डलाई छिमेकी बनाउन सक्दैनौं । त्यसै गरी आर्थिक उन्नतिको उदेश्यले हामीलाई साझेदार बनाउनु पर्छ । तर हामीले त्यो आवस्यकता अनुसार सम्बन्ध बनाउन सकेनौं ।
गोर्खाल्याण्डमा नेपाली मुलका नागरिकले आन्दोलन गर्दा नेपालले बक्तव्य दिएन । तर नेपालको राज्यको विरुद्ध भएका आन्दोलन, अहिलेको आन्दोलनमा भारतको भूमिको प्रयोग जस्ता कुरा हेर्दा हाम्रो समान सम्बन्ध छैन । त्यसैले एक अर्काको संवेदनशीलता बुझेर नया ढंगले अघि बढ्नु पर्छ । दुवै मुलुकले आत्मालोचना गरेर जानु पर्छ । भारतसग‘ हामीले झगडा गर्नु हुन्न , सक्दैनौं । तर भारतले यो सानो देश हो यसलाई मर्का पर्छ हामीलाई पर्दैन भनेर सोच्छ भने त्यो उसको गंभीर त्रुटी हो ।
आफू ठगिएको महसुस नगरी ल्याप्चे लगाएर नदीनाला दिने काम गर्यौ । यस्ता कुराहरुमा हामीेले व्यापक पुनरावलोकन गर्नु पर्छ । त्यसो भएन भने हामीलाई व्यापक घाटा छ । भारतलाई अहिले उर्जा र पानीको आवस्यकता छ । उर्जाको विकल्प निस्किएला तर पानीको बिकल्प छैन । तर भारतलाई हामी ठगिएर पानी दिदैनौं है भन्ने कुरामा नेताहरुले ध्यान दिनु पर्छ ।
भारतले पहिला कोशी , गण्डकी जस्तै अहिलेको नाकाबन्दी पछि कुनै नदीनाला सम्झौता गर्छु भन्ने सोचेको छ भने त्यो गलत हो । भोलीको दिनमा कुनै पनि देश सानो ठूलो भन्ने कुरा हुदैन ।
अन्तराष्ट्रिय खेलाडी हुन तयार भएको भारतको बिहार र युपीमा अझै पनि जनताले टुकी बालिरहेका छन् । यस्तो भारतले २१ औं शताव्दीको नेतृत्वमा जान सक्दैन ।
भारतको क्षेत्रीय राजनीतिमा भुटानलाई जुन ठाउमा राखेको छ नेपाललाई छुट्टै स्वतन्त्र मित्र राष्ट्रको रुपमा कसरी रहन दिन्छ ?
त्यो हेर्न सकेन भने उसको दृष्टिदोष हुन्छ । त्यो बेलाको परिवेश छैन अहिले । उनीहरुले ४६ सालमा जस्तो राजनीतिक परिवर्तन पछि जुन एजेण्डा दिन सकिन्छ भन्ने सोच्नु भएको थियो त्यो अहिले भएन । २७ सालको नाकाबन्दीको बेलामा हामी बिद्यार्थी थियौं । हामी मट्टितेल किन्न लाईनमा बस्थ्यौं । नाकाबन्दीको विरोध गर्न सक्ने कुनै शक्ति थिएन । काग्रेसले नाकाबन्दीको विरोध गरेन । विपी कोईराला सग‘ आवद्ध विद्यार्थी संगठनले आन्दोलन गर्ने विद्यार्थीमाथि हमला गर्यो । हामीले पोखरामा गएर साहित्यीक सम्मेलन गरेर आन्दोलन शुरु गरेका थियौं ।
२७ सालको नाकाबन्दीको पछाडीको कारण के थियो भने पाकिस्तानको बिभाजन पछि बनेको बंगलादेशलाई बैधता दिनका लागि दवावका लागि भएको थियो । ईन्दीरा गान्धीले नेपाललाई बंगलादेशलाई समर्थन नगरे आक्रमण गर्ने खतरा थियो । ईन्दीरा गान्धीले दिल्लीमा भाषण गर्दा भनेकि थिईन् भारतले छिमेकी राष्ट्रहरुमा लोकतन्त्र एक्पोर्ट गर्छ ती राज्यहरुले आवस्यकता महसुस नगरे पछि भारतले एक्सपोर्ट गर्छ भनेर भाषण गर्नु भा थियो र त्यसको दुई वर्ष पछि सिक्किम भारतमा बिलय भयो । त्यो बेलामा राज्य सञ्चालन गर्नेहरुमाथि गोहीको दाह्रा देखिएको अवस्था थियो । त्यो बाट कसरी बचाए आफ्नै ठॉउमा छ ।
अहिले हामीले यो नाकाबन्दी र सविधानको विरोधलाई छुट्टयाएर हेर्नु पर्छ । सविधानको विरोध जनस्तरबाट मधेशबाट हुनु आफ्नै कारण छ तर त्यसलाई धमिलो पानीमा माछा मार्ने जुन काम भारतबाट भएको छ त्यसको आफ्नै स्वार्थ छ । तर ४६ सालमा भारतलाई अन्तराष्ट्रिय स्तरमा यति ठूलो दवाव आएन तर अहिले ठूलो दवाव चौतर्फी रुपमा आएको छ ।
तपाईहरुको २५ प्लसको अभियान जुन छ नि यो के हो ?
यो राज्यमा भएका विभिन्न विकृतिको विरुद्धमा लड्ने देश चलाएका बुझेका विज्ञहरुको समुह हो । यसले सरकारलाई जनतालाई राम्रोमा राम्रो भन्ने नराम्रोमा नराम्रो भन्ने समुह हो । राष्ट्रियतामा यो समर्पित छ । कसैको प्रलोभनमा यसले तपाईले राम्रो गर्नु भो भन्दैन । यो समुहको काम अहिले दवावको काम हो । आवस्यकता पर्दा जुनसुकै रुपमा पनि संलग्न हुन सक्छ ।