आन्दोलनले अतिवादीलाई फाइदा पुग्ने– उपप्रधानमन्त्री थापा

आन्दोलनले अतिवादीलाई फाइदा पुग्ने– उपप्रधानमन्त्री थापा

  • बुधबार, माघ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेपालगन्ज, २० माघ ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालले मधेश केन्द्रित राजनीतिक दलको आन्दोलनले जनतालाई नभै अतिवादी शक्तिलाई फाइदा पुग्ने बताउनुभएको छ ।

मध्पश्चिमाञ्चल क्षेत्रअन्तर्गतका १५ जिल्लाका जिल्ला विकास समिति र नगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को अर्धवार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग भनेको आर्थिक समृद्धिको युग हो, विकासको युग हो ।”

संविधान संशोधन गरेर माग सम्बोधन गरिसक्दा पनि आन्दोलनका नाममा अराजकता मच्चाउने कार्य राजनीति हुनै नसक्ने भन्दै उपप्रधानमन्त्री थापाले चित्त नबुझेको विषयमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट संविधानले नै दिएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो – “लामो समयको मधेस आन्दोलनले त्यहाँ विकास निर्माणका काम ठप्प भएका छन् । यसले जनताको आर्थिक विकास गर्दैन । जनताको अधिकारको रक्षा गर्दैन । यो कुरा आन्दोलन गर्ने दलले बुभ्mनुपर्छ ।”

त्यस अवसरमा मन्त्रालयका सहसचिव हरि पौडेल र राष्ट्रिय योजना आयोगका सदस्य सुमित्रा अमात्यले स्थानीय निकायलाई अब नयाँ ढाँचामा लानुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ