काठमाण्डौ,२० माघ ।
बिनासकारी भूकम्प गएको १० महिना बितीसक्दा पनि सरकारले पुनर्निमाणको काम अघि बढाउन सकेको छैन । भुकम्प प्रभावित जनतालाई १५ हजार रुपैयाँ र न्यानो कार्यक्रमअन्तर्गत १० हजार रुपैयाँ वितरण गरिएपनि पुननिमार्णको काम अघि नबढ्दा प्रभाबितहरु मर्कामा परेका छन ।
भूकम्पबाट प्रभावित घरको पुन सर्वेक्षण शुरु गरेको प्राधिकरणले माघ पहिलो साता भित्र १ हजार ५ सय इन्जिनियरलाई गाउँ पठाउने बताएको थियो । प्रभावित घरको सर्वेक्षण समेत अझै सकिएको छैन । घर निर्माण सम्वन्धी मापदण्ड समेत बन्न नसक्दा प्रभावित जिल्लाका बासिन्दा आफैले समेत घर बनाउन पाएका छैनन् ।
सरकारले २ लाख रुपैयाँ अनुदान उपलव्ध गराउने भनिएपनि अहिले सम्म त्यसको समेत टुङ्गो लाग्न सकेको छैन । पुननिमार्ण प्राधिकरणले भने अहिलेसम्म कार्यालय व्यबस्थापन गर्नमै समय लागिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline