काठमाडौ २० माघ ।
चुरेभावर राष्ट्रिय एकता पार्टीले भारतीय नेताहरुले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभीमानमाथि आघात पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज बिहान विज्ञप्ति जारी गर्नु भारतीय नेताहरुको अभिव्यक्तिले नेपाल र नेपालीको राष्ट्रिय स्वाभीमानमा ठेस पु¥याउने काम गरेको भन्दै घोर भत्र्सना गर्नुभएको छ ।
भारतीय नेता लालुप्रसाद यादव र पूर्वमन्त्री रघुबंशप्रसाद सिंहले दिएको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभीमानमाथि आघात पु¥याउने खालको भएको न्यौपानेको भनाई छ ।
मधेसी मोर्चाका तीन शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले दिएको अभिव्यक्तिले छिमेकी मुलुकमाथि ठाडो हस्तक्षेप भएको हाम्रो पार्टीले ठानेको छ ।
यस्ता अभिव्यक्तिविरुद्ध चुरे भावर पार्टीले सधै जुधेर सामना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । चुरेभावरले नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरेर कसैले पनि अभिव्यक्ति दिन छुट नभएको भन्दै सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको छ ।