तीन प्रहरी अधिकृतमाथि अनुसन्धान सुरु

तीन प्रहरी अधिकृतमाथि अनुसन्धान सुरु

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १९ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीसहित तीनजनामाथि छानबिन सुरु गरिएको जनाएको छ ।

एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन गर्ने सम्बन्धमा सञ्चालकबीच केही लेनदेनको विवाद रहेकामा त्यसलाई टुङ्गो लगाउन महानगरीय प्रहरी प्रभाग ललितपुरमा पुगेपछि प्रहरी नायब उपरीक्षक ज्ञवाली, प्रहरी निरीक्षक रमेशबहादुर सिंह र प्रहरी नायब निरीक्षक लालमणि पाण्डेले घूस मागेको सूचनाका आधारमा आयोग टोलीले सोमबार पक्राउ गरेको थियो ।

आयोगका अनुसार उनीहरुले हेटौँडा नगरपालिका–४ का विश्वक्रान्ति सिंहको मध्यस्थतामा रु तीन लाख घूस लिँदालिँदा पुल्चोकस्थित थाइघर रेस्टुरेंन्टबाट प्रहरी नायब उपरीक्षक ज्ञवाली र प्रहरी निरीक्षक सिँह र प्रहरी नायब निरीक्षक पाण्डेलाई रु एक लाख ५० हजारसहित कलङ्कीको स्टुडेन्ड क्याफेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजना प्रहरी अधिकृतमाथि छानबिन भइरहेको आयोगले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ