काठमाण्डौ ,१९ माघ । नायक सबिन श्रेष्ठले भाग् सानी भाग् भन्दै नायिका केकि अधिकारीलाई भगाएका छन् । पछिल्लो समय निक्कै चर्चामा आएकी नायीका केकिलाई सबिनले रियल लाईफमा नभई रिल लाईफमा भगाएका हुन् ।
टप फाईभ हिरोइनको लिष्टमा अटाएकी नायिका केकी अधिकारीको करिअरमा सकारात्मक प्रभाव राख्न सक्ने अर्को गीत सार्वजनिक भएको छ । निकै राम्रो कोरियोग्राफी, टेकिङ र फ्रेमिङ रहेको भाग् सानी भाग् को गीतमा केकीलाई एउटा गाउँले परिवेशकी युवतीको भूमिकामा देखाईएको छ ।
आउँने चैत्र ५ मा रिलिज हुन लागेको भाग् सानी भाग् को ट्रेलर झै गीतले पनि फिल्म समीक्षक एवं दर्शकबाट प्रसंसा पाउने अपेक्षा निमार्ण पक्षको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline