माघ १९ काठमाण्डौं । गायक तथा संगीतकार सुरेन्द्र महर्जनको वीर नेपाली सार्वजनिक भएको छ ।
राष्ट्रिय भावले ओतप्रोत एउटा मात्र गीत समावेश रहेको वीर नेपाली भिडियो अनामनगरमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।
कवि गीतकार हुँदै गायक बनेका सुरेन्द्र महर्जन को देशभक्तिपूर्ण भावले समेटिएको गीत बजारमा आएको छ ।
गोल्डेन क्रियसन् को आयोजनामा गरिएको बिमोचन समारोहमा संगीतकार राम कार्की लगायतका कलाकार तथा संगीतकारहरुको उपस्थिति रहेको थियो ।
गायक तथा रचयिता सुरेन्द्र महर्जनले देश रोइरहेको यो बखतमा संचार माध्यमले पनि रास्ट्रीय भाबनाले ओतप्रोत गितलाइ बढी प्राथमिकता दिनु पर्ने आवस्यकतामा जोड दिनु भयो ।
प्रमुख अतिथी को भूमिकामा रहेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय ले देसको बिसम परिस्थितीमा यस्ता गीत ले एकताको बिगुल फुक्ने बताउनु भयो ।