अलैँंचीबाट रु बयानब्बे करोड भित्रियो

अलैँंचीबाट रु बयानब्बे करोड भित्रियो

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

खोटाङ, १९ माघ ।

जिल्लामा उत्पादित अलैँंची निकासीबाट यसवर्ष रु ९२ करोड २८ लाख रकम भित्रिएको छ ।

उत्पादन भएको चौध हजार मन अलँैंचीमध्ये तेह्र हजार १८३ मन जिल्ला बाहिर निकासी भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेका अनुसार छ दशमलव पाँच प्रतिशत अलैँंची जिल्लामै खपत भएको छ ।

यो वर्ष फेदी र सुङ्देलमा मात्रै ७०० मन अलँैंची उत्पादन भएको छ भने रु छ करोड १८ लाख भित्रिएको छ । बाँझेच्यानडाँडामा यसवर्ष १४० मन अलैंँची उत्पादन भएको स्थानीय सङ्ग्राम राईले बताउनुभयो ।

अलैँंची बिक्री गरेर रु ९५ लाख आम्दानी भएको छ । जिल्लाका विभिन्न गाविसमा अलैँची बिक्री गरी कृषकले मनग्य आम्दानी गरेका छन् । अलैँंची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष वीरबहादुर तामाङले बिचौलियाले कृषकको घरैमा अलैँची किनेर लगेको बताउनुभयो ।

जिल्लाको सुङ्देल, फेदी, खार्तम्छा, बाक्सिला, बास्पानी, खार्मी, पाथेका जालपा, हौचुर, कुभिण्डे, नुनथला, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा, बाँझेच्यानडाँडा, चिसापानी, बोपुङ, सावाकटहरे, चिसापानी, मौवाबोटे लगायत ३४ गाविसको एक हजार ३२० हेक्टरमध्ये ९४० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ । गतवर्ष १३ हजार ५०० मन अलैँची उत्पादन भई रु ८० करोड जिल्ला भित्रिएको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी