जिम्बुबाट आकर्षक आम्दानी

जिम्बुबाट आकर्षक आम्दानी

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

मुस्ताङ, १९ माघ ।

उच्च हिमाली क्षेत्रमा पाइने जिम्बु बेचेर यहाँका कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन् ।

जिल्लाको कागबेनी, मुक्तिनाथ र जोमसोम गाविसको माथिल्लो भेगमा पाईने जिम्बुलाई टिपेर घाममा सुकाई बिक्री गरिन्छ । उनीहरुले एउटै याममा जिम्बु बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्न सफल भएका छन् । वेशीमा घुम्ती व्यापार गर्न झरेका छोण्हुपकी भीमटासी गुरुङ र याङदी पेमाले रु एक÷एक लाख आम्दानी गरेको बताउनुभयो ।

कात्तिक पहिलो हप्तादेखि घुम्ती व्यापारमा निस्केका उनीहरुले जिल्लाको तल्लो भेगका साथै म्याग्दी, बाग्लुङ र पर्वतका गाउँ÷गाउँमा पुगेर जिम्बुको व्यापार गर्दै आएका छन् ।

जिम्बुलाई वेशीतिर हिमाली क्षेत्रको उपहारको रुपमा चिनिन्छ । मुस्ताङका साथै डोल्पाको माथिल्लो भेगमा पनि जिम्बु पाइन्छ । तरकारी, दालमा मिसाएर खाँदा स्वादिलो हुने हुँदा जिम्बु बर्सेनि महंँगो हुँदै गएको छ ।

जिम्बु प्रतिकिलो रु तीन हजारमा व्यापारीले किनेर बजारमा प्रतिकिलो रु ६ हजारमा बिक्री गर्ने गरेका छन् । समुन्द्री सतहदेखि तीन हजार ५०० मिटर भन्दामाथि पाइने जिम्बुलाई टिपेर घाममा सुकाएर बिक्रीका लागि तयार पारिन्छ । महंँगो भए पनि जिम्बुको माग अत्याधिक रहेको जोमसोमका स्थानीय व्यापारी हरि गुरुङ बताउनुहुन्छ । रासस

–––––––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी