काठमाडौ, १९ माघ ।
पाली कांग्रेसकी नेतृ तथा सांसद लिला कोइरालाले नेपाली १३औं महाधिवेशनपछि कांग्रेसको नेतृत्वमा मधेश केन्द्रित दलसहितको राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गर्नुभएको छ ।
जनकपुरको ब्रहमपुरी स्थित आफनै निवासमा आज विहान संचारकर्मीसँग कुरा गर्नु हुदै नेतृ कोइरालाले राष्ट्रिय सहमतिको सरकारले नै मधेश केन्द्रित दलले राखेका सम्पुर्ण माग पुरा गर्ने जिकिर गर्नुभयो ।
पूर्व मन्त्री समेत रहनु भएका कोइरालाले मधेशमा दुई प्रदेश बनाउन नेपाली कांग्रेसले साकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।
मोर्चाकै माग अनुसार पूर्वको सुनसरी, मोरंग, झापा तथा पश्चिमको कैलाली र कञ्चनपुर जिल्लालाई मधेश तथा थरुहट प्रदेशमा समावेश गर्न सकारात्मक नभए अवस्था गंभीर हुने कोइरालाको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline