काठमाडौ, १९ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले नेपाली कांग्रेसको महाधिवेशन अघि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने सम्भावना नरहेको बताउनु भएको छ ।
आजबाट धरानमा सुरु भएको पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षण कार्यक्रममा राणाले काग्रेस महाधिवेशन थोरैसमय मात्रै रहेकाले महाधिवेशन अघि सरकार ढल्ने सँभावना नरहेको बताउनु भयो ।
उहाले संविधान संशाधेन मार्फत मधेसी मोर्चाले उठाएका प्राय माग सम्बोधन भइसकेको पनि बताउनुभयो । नाकाबन्दी छिट्टै खुल्ने दावी गर्नु हुदै राणाले सरकारले मोर्चाको मागलाई नाकाबन्दीसँग जोडेकोमा भने असन्तुष्टी ब्यक्त गर्नुभयो ।
मधेसमा दुई प्रदेश हुनु पर्छ भन्नेमा पार्टी स्पष्ट रहेको भन्दै राणाले तीन महिने राजनीतिक आयोग भन्दा माथि उठेर समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline