राष्ट्रलाई अहित हुने गरी सम्झौता हुँदैन : उपप्रम मैनाली

राष्ट्रलाई अहित हुने गरी सम्झौता हुँदैन : उपप्रम मैनाली

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

इलाम, १९ माघ ।

उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा कुराकानी गर्दै उहाँले अर्काे मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो ।

“वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उहाँले भन्नुभभयो । उहाँले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गर्नुभयो ।

सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उहाँको भनाइ थियो ।

यसैबीच महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले इन्धन अभावका विषयमा प्रजिअ विष्णुकुमार कार्कीसँग समेत छलफल गर्नुभयो । प्रजिअ कार्कीले जिल्लामा निर्माणाधीन विद्युत् आयोजना र यातायातका साधनलाई इन्धन आपूर्ति भइरहेको जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ