काठमाडौं, १९ माघ ।
आज विश्व सिमसार दिवस । भविश्यका लागि सिमसार, दिगो जिविकोपार्जनका लागि आधार भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि नेपाल सहित विश्वभर मनाइदै छ ।
सिमसार क्षेत्रको विशिष्ट महत्व, दिगो उपयोगिता र खतराका साथै आगामी रणनीतिबारे बहस गर्न सन १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा विश्व सिमसार सम्मेलनको आयोजना गरेको थियो ।
१८ मुलुकका राष्ट्रहरु सहभागि सोे सम्मेलनले विश्वका महत्वपुर्ण सिमसारको संरक्षण तथा दिगो व्यवस्थापनमा जोडदिनुपर्ने अभिसन्धी पारित गरेको थियो, जसलाई रामसार सन्धि भनिन्छ ।
नेपालले सन १९८७ मा उक्त महासन्धिमा हस्ताक्षेर गरेको थियो । हालसम्म १ सय ६९ देश उक्त महासन्धिको पक्ष राष्ट्र भइसकेका छन ।
यसै अवसरमा पोखरा र आसपासका नौ ९ ताल फेवा ताल, बेगनास,रुपा, कमल पोखरी,खास्टे, गुटे, निउरेनी, दिपाङ र मौदी ताललाई विश्व सिमसार सुचिमा सुचिकृत गरिदैछ ।