काठमाण्डौ,१८ माघ ।
प्रहरीले ग्यास सिलिण्डर कालोबजारी गरेको अभियोगमा सशस्त्र प्रहरीका पूर्व्निरीक्षक राजेश भारतीलाई नियन्त्रणमा लिएको छ । उनीसंगै बौद्धस्थित पसलबाट भरिएका २८५ ग्यास सिलिण्डर समेत बरामद गरेको छ ।
भारतीले कालोबजारी गरेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले सोमबार अपरान्ह छापा मारेको हो । छापा मार्दा २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर बरामद भएको अपराध महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालले जानकारी दिनुभयो ।
बरामद भएका सबै सिलिण्डर ग्यास भरिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline