काठमाडौ १८ माघ ।
लामो समयदेखि तराई मेधशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालयको बैठक आज बस्दैछ ।
आज अपरान्न तमलोपाको संसदीय दलको कार्यलयमा बस्ने बैठकमा अहिलेसम्म भएका आन्दोलनको कार्यक्रमको समिक्षा तथा आगामी रणनितिका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा लामो समयदेखि जारी आन्दोलनको समिक्षा गरेर नयाँ ढङ्गले अघि बढ्ने विषयमा छलफल हुने मोर्चा आवद्ध दल सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
आन्दोलनको स्वरुप बदल्न दवाव बढ्दै गएपछि त्यस विषयमा छलफल गर्न मोर्चाले सचिवालय बैठक बोलाएको हो । आजै मोर्चाले तराईका २२ जिल्लामा विभिन्न राजनितिक दल र बुद्धिजिवीहरुसँग अन्रक्रिया गर्दैछ ।
जिल्ला सदरमुकाममा हुने अन्तरक्रियामा जारी आनदोलन र भावी रणनितिका विषयमा छलफल हुने मोर्चाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline