प्रधानसेनापति क्षेत्री आज भारत जादै

प्रधानसेनापति क्षेत्री आज भारत जादै

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १८ माघ ।  प्रधानसेनापति राजेन्द्र क्षेत्री आज भारत जादै हुनुहुन्छ ।

भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहको निमन्त्रणामा ६ दिने औपचारिक भ्रमणका लागि उहाँ त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको सैनिक मुख्यलयले जनाएको छ ।

प्रधानसेनापतिमा नियुक्ति भएपछि उहाँ पहिलोपटक विदेश भ्रमणमा जान लाग्नु भएको हो । भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीलाई भारतीय स्थल सेनाध्यक्षले मनार्थ पदक प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा हुना लागेको प्रधानसेनापतिको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

भ्रमणका क्रममा उहाँले भारतीय रक्षामन्त्री मनोहर परिकार, राष्ट्रपति प्रणव मुखर्जी, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार अजित डोभल लगायतका उच्च अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ