काठमाडौ १८ माघ । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समयतालिका पुनः बढाएको छ ।
यसअघि सातामा ८३ घण्टा लोडसेडिङ गर्दै आएकोमा आजबाट सातामा ९३ घण्टा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
बजारमा इन्धनको चरम अभाव देखिएपछि विद्युतीय माध्यमबाट खाना पकाउने सर्वसाधरण लोडसेडिङ बढेसँगै थप मारमा पर्ने भएका छन् ।
मागभन्दा झन्डै ८ सय मेगावाट विद्युत अभाव रहेकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताउनु भयो ।
एक वर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने तथा उर्जा संकटकाल घोषणा गर्दै १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारीका साथ सरकारले योजना सार्वजनिक गरिरहेका बेला लोडसेडिङ बढेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
