शुक्रबारसम्म वडास्तरको अधिवेशन सक्ने काग्रेसको तयारी

शुक्रबारसम्म वडास्तरको अधिवेशन सक्ने काग्रेसको तयारी

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,१७ माघ ।

नेपाली कांग्रेसले आउँदो शुक्रबारसम्ममा सबै जिल्लाका गाउँ विकास समिति र नगरपालिकाका वडास्तरको अधिवेशन सक्ने गरी तयारी गरेको छ ।

कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले आउँदो शुक्रबार क्षेत्रीय अधिवेशन हुने भएकाले त्यो दिनसम्ममा सबै जिल्लामा गाउँ विकास समिति र नगरपालिकाका वडास्तरको अधिवेशन सक्ने तयारी गरेको बताउनुभयो ।

उहाँका अनुसार आज धनुषा र सिरहामा अधिवेशन भइरहेको छ । यस्तै बारा, पर्सा र सोलुखुम्बुमा सोमबार तथा सर्लाहीको क्षेत्र नम्बर ६ मा मंगलबार अधिवेशन हुनेछ ।

यसैबिच नेपाली कांग्रेसको धरान नगर समितिको सभापतिमा संस्थापन पक्षको प्यानल विजयी भएका छन् । संस्थापन प्यानलबाट सभापतिमा उठेका तिलक राई सहितको पुरै प्यानल नै निर्वाचित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ