उच्चस्तरीय संयन्त्रको बैठक साझ बस्ने गरी स्थगीत

उच्चस्तरीय संयन्त्रको बैठक साझ बस्ने गरी स्थगीत

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,१७ माघ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिना निष्कर्ष सकिएको छ । सरकार एकलौटी चलेको भन्दै एमाओबादीमा असन्तुष्टी बढेपछि अध्यक्ष पुष्पकमल दाहालको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिना निष्कर्ष टुङगीएको हो ।

प्रधानमन्त्री ओलीको व्यस्तताको कारण बैठकमा कुनै निर्णय नभएको नेताहरुले बताएका छन । बैठकपछि संचारकर्मीसंग कुराकानी गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी अध्यक्ष दाहालले बैठक साँझ ५ बजे बस्ने जानकारी दिनुभयो ।

साझ बस्ने बैठकमा सरकारको कामकारवाही, प्रधानमन्त्रीको भारत भ्रमण, मधेसी मोर्चाको जारी आन्दोलन र नाकाबन्दी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । हिजो प्रधानमन्त्री केपि ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइ आज संयन्त्रको बैठक बस्ने सहमती भएको थियो ।

प्रधानमन्त्री ओलीले एकल निर्णयबाट सरकार चलाएको भन्दै एमाओवादीभित्र असन्तुष्टि बढेपछि अध्यक्ष दाहालले प्रधानन्त्रीसँग सो बिषयमा छलफल गर्नुभएको थियो । एमाओवादी अध्यक्ष दाहालको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ