युवा स्वरोजगार कार्यक्रममा दुइ करोड लगानी

युवा स्वरोजगार कार्यक्रममा दुइ करोड लगानी

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

चितवन, १७ माघ ।

वाणिज्य बैंक गौँडाकोटमा अनुदानसहितको कृषि कर्जा लिने ऋणिको आकर्षण बढेर गएको छ ।

साना किसानले ब्याजमा चार प्रतिशत अनुदान पाउने प्रावधान छ । शाखा प्रवन्धक कुलबहादुर खत्रीका अनुसार शाखाको अधिकारभित्र रहेको रु १५ लाखसम्मको अनुदानसहितको कर्जामा रु दुई करोड लगानी भएको छ ।

गएको असोज महिनाबाट सो शीर्षकमा कर्जा दिन थालिएकोमा रु १० लाख देखि १५ लाखसम्म छ जना महिलासहित १५ जनाले कर्जा लिएको उहाँले बताउनुभयो ।

सरकारले चार प्रतिशत अनुदान दिए पछि किसानले पाँच प्रतिशत ब्याज तिरेर ऋण पाउँछन् । कुखुरा, बङ्गुर, गाई भैँसी र माछामा ऋण प्रवाह गरेको प्रबन्धक खत्रीले बताउनुभयो । पाँच वर्षे किस्ताबन्दी र कृषि चालु पुँजी दुई तरिकाबाट किसानले ऋण लिएको उहाँले बताउनुभयो ।

ठूलो ऋण माग भएमा माथिल्लो निकायमा पठाइने प्रावधान रहेको छ । हालसम्म त्यस्ता ऋणि भने सम्पर्कमा नआएको उहाँले बताउनुभयो । अनुदानसहितको कृषि कर्जा रु एक करोडसम्मको रहेको छ । यो ऋणमा सेवा शुल्कसमेत लाग्दैन ।

जानकारीको अभाव र बैंकका कर्मचारीको समन्वयको कमीका कारण किसान अनुदानसहितको कर्जा लिनबाट वञ्चित हुँदै आएका छन् । सरकारले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत दिएको हो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी