उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,१७ माघ ।
उच्चस्तरीय राजनितिक संयन्त्रको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपि ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज संयन्त्रको बैठक बस्ने सहमती भएको थियो ।

बिहान साँढे ९ पछि सिंहदरबारमा बस्ने आजको बैठकमा सरकारको कामकारबाहि , प्रधानमन्त्रीको भारत भ्रमण लगायतका बिषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री आलीले आफ्नो एकल निर्णबाट सरकार चलाएको भन्दै सत्तारुढ दल एमाओवादीभित्र असन्तुष्टि बढेपछि हिजो पार्टि अध्यक्ष दाहालले प्रधानन्त्रीसँग सो बिषयमा छलफल गर्नुभएको थियो ।

अध्यक्ष दाहालले अब देखि महत्वपूर्ण बिषयमा उच्चस्तरीय संयन्त्रमार्फत अगाडि बढ्न पनि ओलीलाई आग्रह गर्नुभएको थियो ।

आजको संयन्त्र बैठकले सरकारको कामकार्वाहि , प्रमको भारत भ्रमण , भारतीय नाकाबन्दी र त्यसले जनतामा परिरहेको असर लगायतका बिषयमा छलफल गरी केही निती तय गर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्रीले पनि बैठकमा केही महत्वपूर्ण एजेण्डामा स्पष्ठ गर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ