राष्ट्रपतिबाट सहिद स्मारकमा श्रद्धाञ्जलि, सहिद स्तम्भको उद्घाटन

राष्ट्रपतिबाट सहिद स्मारकमा श्रद्धाञ्जलि, सहिद स्तम्भको उद्घाटन

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

हेटौँडा, १६ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित सहिद स्मारकमा आज सहिद स्मारकमा फूलगच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री कमल थापाले पनि सहिद स्मारकमा फूलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले सहिद स्मारकदेखि जननेता मदन भण्डारीको सालिकसम्म पुग्ने करिब ६५ मि लामो आधुनिक प्रविधिको झोलुङ्गे पुलको पनि उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले जननेता भण्डारीको सालिकमा पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले सहिद स्मारक मूल प्रवेशद्वारको राखिएको ताम्रपत्रको अनावरण र स्मारकको परिसरभित्र निर्मित सहिद स्तम्भको पनि उद्घाटन गर्नुभयो । सो स्तम्भमा विसं १९९७ देखि विसं २०६२÷६३ को आन्दोलनका सहिदको आकृति झल्कने सालिक घरको स्थापना गरिएको छ । सो स्तम्भ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सहिद स्मारक विकास समिति हेटौँडाका अध्यक्ष डोरमणि पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिले सहिद स्मारक परिसरमा निर्मित सहिद अध्ययन तथा अनुसन्धान भवनको पनि आजै उद्घाटन गर्नुभयो । सो भवन सहरी विकास मन्त्रालयबाट अनुदान रु ४० लाखको लागतमा निर्माण गरिएको बताइएको छ । झोलुङ्गेपुल निर्माणका लागि पर्यटन विकास बोर्डबाट रु २० लाख अनुदान प्राप्त भएको सहिद स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ