नेप्से चार अङ्कले घट्यो

नेप्से चार अङ्कले घट्यो

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १६ माघ ।

पुँजी बजार अभौतिकीकरण गरेसँँगै उकालो लागेको सेयर बजारको यो साता नेप्से परिसूचक ओरालो लागेको छ ।

गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.३२ अङ्कले बढेर अन्तिम दिन एक हजार २१२.३२ विन्दुमा पुगेको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेर अन्तिम दिन एक हजार २१६.११ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १२० कम्पनीको कारोबार भएको छ । जसअनुसार १० हजार ५०९ कारोबारबाट रु दुई अर्ब १८ करोड ६१ लाख ७४ हजार बराबरका ३४ लाख ४४ हजार ११७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १२.६८ प्रतिशत कम हो । गत साता १०६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार ११ हजार ९१९ कारोबारबाट रु दुई अर्ब ५० करोड ३७ लाख एक हजार बराबरका ३७ लाख ५८ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

वाणिज्य बैंक ४.७६, होटलको ६.७६, जलविद्युत्को १५.९५, बिमा ४०.८५ र अन्य समूहको परिसूचकमा ५.८७ अङ्कले ओरालो लागेको छ । विकास बैंक ७.०४, वित्त ०.२ र उत्पादनमूलक समूहको ५१.२७ परिसूचक अङ्कले उकालो लागेको छ भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.६६ अङ्कले घटेर २६१.५८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा र कारोबार सङ्ख्याको आधारमा पनि सानिमा बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋण पत्रको कुनै पनि कारोबार भएन । त्यसैगरी फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको तीन लाख कित्ता बोनस सेयर र शिखर इन्स्योरेन्स कम्पनीको रु पाँच लाख १० हजार ९८८ कित्ता सेयर सूचिकृत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी