मधेसी जनता पार्टीका अध्यक्ष शाहसहित ६ जना उपत्यकाबाट पक्राउ

मधेसी जनता पार्टीका अध्यक्ष शाहसहित ६ जना उपत्यकाबाट पक्राउ

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १६ माघ ।

मधेसी जनता पार्टीका अध्यक्ष महेश शाह कलवारसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीको पुर्व योजनाअनुरुप आज गरिएको काठमाडौंसहित मधेश बन्द कार्यक्रमलाई सफल पार्न बजार पसल बन्द गराउदै हिडेको अवस्थामा काठमाडांैको विजुली बजारबाट अध्यक्ष शाहसहित अन्य ६ प्रहरीले पक्राउ गरेको हो ।

मधेसी जनता पार्टीको बन्दको असर काठमाडौं त्यति नपरे पनि तराईका जिल्ला भने प्रभावित भएका छन ।
यसैबीच मिर्मिरेसंगको प्रतिक्रियामा अध्यक्ष शाहले आफुहरुको शान्तीपुर्ण आन्दोलमाथि राज्यले दमन गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो “आफुहरुले लोकतन्त्रको मुल्य मान्यतामा टेकेर गरेको शान्तीपुर्ण आन्दोलनमा राज्यले दमन गरेको छ, यसबाट प्रष्ट हुन्छ कि राज्य विखण्डन तर्फ उन्मुख भइरहेको छ ।” मधेसी जनता नै राष्ट्रियताको पक्षमा उभिदासमेत राज्य नै विखण्डनतर्फ उन्मुख हुन खोजेको उहाँको आरोप छ ।

आन्दोलनका क्रममा तराईका जिल्लाहरुबाट समेत केहि कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको शाहले बताउनुभयो ।
मधेशको वास्तविक हक र अधिकारका लागि देश भित्र र काठमाण्डौंमा विद्रोह गर्नु पर्ने बताउदै शाहले अब मधेशी समुदाय सचेत भइसकेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ