काठमाडौ १६ माघ ।
नेपाली कांग्रेसको जारी स्थानीय अधिवेशन अन्तरगत आज नगर समितिको निर्वाचन हुदैछ ।
केही स्थानमा हिजै प्रक्रिया सुरु भएर पनि निर्वाचन हुन नसकेका गाविस तथा नगरपालिका वडा र नगर समितिमा निर्वाचन हुन लागेको हो ।
सप्तरी, सोलुखुम्बु र धनुषामा भने गाविस, नगरपालिकाका वडा र नगर समितिको निर्वाचन आगामी सोमबार हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
स्थानीय तहमा हिजो भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको कांग्रेसले जनाएको छ । यद्यपी केही स्थानमा भने संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका कार्यकर्ताबीच झडप भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline