काठमाडौ १६ माघ ।
राष्ट्र, राष्ट्रियता र मावन अधिकारका लागि आफनो प्राण आहुती दिने सहिदहरुको सम्झनामा आज सहिद दिवस मनाइदैछ ।
देश, संस्कृति र अस्थित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान समेत समर्पण गर्ने तत्कालिन प्रजापरिषदका कार्यकर्ता गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाको सम्झनामा हरेक वर्ष माघ १६ मा यो दिवस मनाउने गरिन्छ ।
राणा सरकारले उनीहरुलाई झुण्ड्याएर र गोली हानेर हत्या गरेको थियो । दोस्रो जनआन्दोलनअघि यी चार जनालाई मात्र सहिदका रुपमा लिइदै आएकोमा २०६२/६३ को जनआन्दोलनपछि सहिदको संख्य बढेर ९ हजारको हाराहारीमा पुगेको छ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यदेवी भण्डारीले सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतस्फुर्त रुपमा समाहित हुने प्रेरणा प्रदान होस भनी शुभाकामना व्यक्त गर्नुभएको छ ।
प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशमा स्थितरता, शान्ति विकास र अग्रगमन कायम गर्न सकेमा सहिदको सम्मान हुने राष्ट्रपतिको भनाई छ ।