पर्यटन प्रवद्र्धनमा राज्य सधैँ प्रयत्नशील : मन्त्री खरेल

पर्यटन प्रवद्र्धनमा राज्य सधैँ प्रयत्नशील : मन्त्री खरेल

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

दमक, १४ माघ ।

कानुनमन्त्री अग्नि खरेलले नेपालको पर्यटन प्रवद्र्धनबाट राज्यले ठूलो आम्दानी लिनसक्ने प्रचुर सम्भावना भए पनि लक्ष्य अनुरुप प्रगति हुन नसकेको बताउनुभएको छ । 

आज झापाको महारानीझोडामा चान्दु त्रिवेणी सिमसार तथा पर्यटन विकास केन्द्रले आयोजना गरेको पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गर्नुहुँदै मन्त्री खरेलले पर्यटन प्रवद्र्धनबाट अभिवृद्धि गराउन स्थानीयस्तरमा यस्ता पर्यटकीयस्थलको विकासमा राज्यले सहयोग पु¥याउने बताउनुभयो । 

विशिष्ठ भौगोलिक बनावटले गर्दानै विश्वमा हाम्रो देश सुन्दर भएको उल्लेख गर्नुहँुदै मन्त्री खरेलले भन्नुभयो,–‘‘हामीले गाँउघरकै पर्यटकीयस्थलबाट मनग्यै आयआर्जन गर्न सक्छौँ । वर्तमान सरकार मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको छ ।’’ 

मन्त्री खरेलले सरकारले उक्त केन्द्रलाई पर्यटकीयस्थल बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि रु १० लाख बजेट यस वर्षनै छुट्याएको र आजदेखि आँैपचारिक रुपमा काम थालनी भएकोमा खुसी प्रकट गर्नुहुँदै आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । 

गौरादह नगरपालिका–७, ८, र ९ र लखनपुर गाविस–९ मापर्ने उक्त सिमसार क्षेत्रलाई पर्यटकीयस्थल बनाउने योजनाका साथ स्थानीय बासिन्दाहरुले सक्रियतासाथ काम तीव्र पारेका हुन् । 

यसैगरी, मन्त्री खरेलले आज बिहान गौरादह–७ स्थित महारानीझोडा स्वास्थ्य चौकीले भारतीय सरकारबाट उपलब्ध भएको एम्बुलेन्सको शुभारम्भ गर्नुभएको थियो । 

त्यस्तै, मन्त्री खरेलले आजै गौरादह–५ स्थित महारानीझोडा साना किसान सहकारी संस्थाको भवन शिलान्यास र बीउबिजन प्रशोधन केन्द्रकोसमेत उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ