काठमाण्डौ,१४ माघ ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आशन्न महाअधिवेशनमा आफुले सभापतिमा उमेद्वारी दिने घोषणा गर्नुभएको छ । विराटनगरमा बिहान पत्रकार सम्मेलन गरी कोइरालाले उमेद्वारी दिने घोषणा गर्नुभएको हो ।
उहाले सुशील कोइलरालाको सहयोगमा आफुले पार्टी सभापतिको उमेद्वारी दिने बताउदै बदलिँदो परिस्थिति अनुसार पार्टीलाई अगाडि बढाउन आफूले उमेद्वारी दिन लागेको दाबी गर्नुभयो ।
नेतृ कोइरालाले राजनीतिक क्रान्ति सकिएर नेपाल आर्थिक क्रान्तितर्फ अगाडि बढ्ने अवस्थामा पुगेकाले पुरानै ढाँचामा पार्टी अगाडि बढ्न नसक्ने बताउनु भयो ।
राजनीतिक प्रतिस्पर्धाबाटै नेतृत्वमा पुगिने भएकाले उमेद्वारी दिनबाट आफु एक कदम पनि पछाडि नहट्ने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline