चाबहिलको गङ्गाहिटीमा नयाँ दमकल स्टेसन बन्ने

चाबहिलको गङ्गाहिटीमा नयाँ दमकल स्टेसन बन्ने

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ, १३ माघ ।

काठमाडौँको चाबहिलस्थित गङ्गाहिटीमा दुई करोडको लगानीमा दमकल स्टेसन बन्ने भएको छ ।

इटालीमा रहेको बोजेन बोल्जानो सहरको सहयोगमा निर्माण हुन लागेको दमकल स्टेसन कसरी बनाउने भन्ने नक्सासमेत इटालीबाट जुद्ध बारुणयन्त्र काठमाडौँलाई पठाइसकेको बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण हुन लागेको सो स्टेसन दुईतलाको रहनेछ भने भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् । त्यसैगरी, दोस्रो तलामा अग्नि नियन्त्रक र स्टेसनका अन्य कर्मचारी रहने बताइएको छ ।

काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो सङ्ख्या अत्यन्तै कम भएकाले हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सो स्टेसन निर्माण गर्न लागिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ