काठमाण्डौ,१३ माघ ।
एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । विहान ठमेलको एक होटेलमा बसेको स्थायी समिती बैठकमा मन्त्रीहरुको कामकारबाहीबारे आलोचना भएको छ ।
बैठकमा नेताहरुबिच सरकारबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले सरकारले कालोबजारी रोक्न नसकेको भ्रष्टचार बढेको र जनताको काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका थिए ।
बैंठकमा अधिकाशं नेताहरुले जनतामा निराशा बढ्दै गएको र सरकारका कारणले पार्टीलाई बद्नाम भएको भन्दै सरकारबाट फिर्ता हुन सुझाव दिएका थिए ।
सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरुले पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन । मन्त्रीहरुको काम कारवाहीको समिक्षा गर्न मन्त्रीहरुसहित एमाओवादी स्थायी समितिको बैठक दुई दिनयता जारी छ ।
बैठकमा नेताहरुले धारणा राख्ने क्रम बाँकी रहेकाले बैठक भोली बिहान पुनह बस्ने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।