बिबाद अन्त्यका लागि मोर्चाको शीर्ष तहमा छलफल हुदै

बिबाद अन्त्यका लागि मोर्चाको शीर्ष तहमा छलफल हुदै

  • बुधबार, माघ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ,१३ माघ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई नेता उपेन्द्र यादव र राजेन्द्र महतोवीच देखिएको टकराव अन्त्यका लागि मोर्चाको शीर्ष तहमा छलफल हुने भएको छ ।

दुई नेताबिचको बिबादका कारण आन्दोलन नै प्रभावित हुने देखिएपछि मोर्चाका संयोजक महन्थ ठाकुरको संयोजकत्वमा शीर्ष नेताबिच छलफल गरी साझा धारणा बनाउने तयारी भएको हो ।

उपचारका लागि दिल्लीमा रहेका नेता ठाकूर भोली स्वेदश फर्किए लगत्तै शीर्ष तहको वैठक राखेर छलफल गरिने मोर्चाका एक नेताले बताएका छन ।

यादव संघीय गठबन्धनको पक्षमा छन् भने सद्भावना अध्यक्ष समेत रहेका महतो अन्य साना दललाई समावेश गरेर महागठबन्धनको पक्षमा जुटेका छन ।

शीर्ष तहमा लामो समय देखि प्रभावकारी छलफल हुन नसक्दा आन्दोलनका कार्यक्रम ल्याउन नसकिएको तमलोपा उपाध्यक्ष ह्दयस त्रिपाठीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ