भूमिगत समूहसँग छिट्टै वार्ता गर्ने सरकारको तयारी

भूमिगत समूहसँग छिट्टै वार्ता गर्ने सरकारको तयारी

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १२ माघ ।

सरकारले तराई मधेसका सशस्त्र भूमिगत समूहसँग छिट्टै वार्ता गर्ने तयारी गरेको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अग्रसरतामा सरकारले वार्ता अगाडि बढाउन लागेको हो ।

शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सो कुराको पुष्टि गर्दै मन्त्रिपरिषद्को आगामी बैठकबाट त्यस्ता समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन हुने जानकारी दिनुभयो ।

मुलुकमा पूर्ण रुपमा शान्ति र सुव्यवस्था कायम गरी विकासको गतिलाई तीव्र तुल्याउँदै समृद्धितर्फ अघि बढ्नुपर्ने भएकाले भूमिगत समूहका जायज मागलाई पूरा गर्ने तथा सम्बोधन गर्न नसकिने माग कारणसहित पूरा गर्न सकिँदैन भनेर वार्ताको क्रममा स्पष्ट जवाफ दिनेसमेत उहाँले बताउनुभयो ।

वार्ता गर्न आवश्यक गृहकार्य, बजेट, विधि र प्रक्रियाबारेमा छलफल भइरहेको छ । वार्ता गर्न समन्वय गर्ने समन्वयकर्ता (विज्ञ)को समेत व्यवस्था मिलाउन मन्त्रालय लागिपरेको मन्त्री ढकालले बताउनुभयो ।

मन्त्रालय सम्हालेको एक महिनाको अवधिमा आफूले मुलुकमा शान्ति कायम राख्न विभिन्न धर्मगुरु, विज्ञ, प्राध्यापक, कलाकारसँग छलफल गर्नुका साथै माओवादी लडाकुको बर्हिगमनमा परेका चार हजार आठ जनाले उठाएका मागलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषय छलफलमा रहेको उहाँले बताउनुभयो ।

विगतको सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनःनिर्माण गर्न आठ दातृ समुदायले सहयोग पु¥याइरहेकामा छ वटाले काम सम्पन्न गरिसकेको र युएसआइडी र युरोपेली सङ्घको सहयोग जारी रहेकाले त्यसलाई निरन्तरताका लागि अनुरोध गरेको मन्त्री ढकालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ