ढुङ्गाले लागेर एकको मृत्यु

ढुङ्गाले लागेर एकको मृत्यु

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१२ माघ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा भिरबाट खसेको ढुङ्गाले लागेर आज एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट सामान लिएर तम्घास जाँदै गरेको लु१च ६३९५ नं को जिपमा सवार गुल्मी दिगाम–५ का २७ वर्षीय नारायण खनालको भिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो ।

ढुङ्गाले लागेर घाइते बनेका खनालको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना भने सकुशल नै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ