काठमाण्डौ,१२ माघ ।
सोलुखुम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन ।
परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताएका छन ।
अहिले स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक, महिला तथा बालबालिका अधिकृत, जिल्ला प्राविधिक प्रमुख, मालपोत कार्यालय प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लगायत कार्यालय प्रमुख जिल्ला बाहिर रहेका छन ।
उनीहरुमध्ये केहीले गोष्ठीमा गएको बताएका छन् भने केही परीक्षा बिदामा रहेको बताएका छन् । कार्यालय प्रमुखसँगै दोस्रो तथा तेस्रो वरियताका कर्मचारी पनि जिल्लामा नभेटिएको सेवाग्राहीको गुवासो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline