म्याग्दी, १२ माघ ।
म्याग्दीको दरबाङ गाविसमा रहेको समीक्षा आमा समूहले करिब रु १४ लाखको लागतमा भवन निर्माण गरेको छ ।
दरबाङबाट वैदेशिक रोजगारीमा गएकाबाट प्राप्त भएको सहयोग र आमा समूहले विभिन्न स्रोतबाट जम्मा गरेको रकमबाट भवन निर्माण गरिएको हो ।
भवन निर्माणमा जिल्ला विकास समितिले रु ८० हजार सहयोग गरेको आमा समूहका अध्यक्ष जसिकला पुनले बताउनुभयो ।
तीनकोठे सो भवनको आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष ओम छन्त्यालले उद्घाटन गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline