काठमाण्डौ, १२ माघ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली काँग्रेस पुनः भद्र सहमतिमा फर्किए काँग्रेसको महाधिवेशनपछि काँग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले फागुनपछि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेको र त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहभागी गराउन एमाले तयार रहेको स्पष्ट पार्नुभयो ।
संविधान संशोधनबाट मधेसी जनताको भावनाको कदर गरिएको जिकिर गर्दै उहाँले मधेसी मोर्चाका केही माग भने पूरा हुन नसक्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline