सभापति कोइरालाद्वारा भारतीय प्रम मोदीलाई बधाई

सभापति कोइरालाद्वारा भारतीय प्रम मोदीलाई बधाई

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १२ माघ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा आफ्नो दल, यसका सदस्य र आफ्नैतर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकार, त्यहाँका राजनीतिक दल र भारतीय जनताप्रति बधाई दिनुभएको छ ।

भारतीय प्रधानमन्त्रीलाई आज सन्देश पठाउँदै व्यवस्थापिका–संसद्मा प्रमुख विपक्षी दलका नेता कोइरालाले नेपाल र भारतबीच आपसी समझदारी, सद्भावना र सहयोगमा आधारमा सरकारी र जनस्तरमा बहुआयामिक सम्बन्ध रहेको बताउँदै बर्सौँ पुरानो यो सम्बन्ध आउँदा वर्षमा अझ फराकिलो र गहिरो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“शान्ति र स्थिरताको जग बनाउनका लागि प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउन भारतले गरेको निरन्तर सहयोगलाई हामी सम्झन्छौँ र नेपाली जनताको इच्छानुसार सम्पूर्ण प्रजातान्त्रिक राज्यव्यवस्थाको ढाँचाभित्र रही सामाजिक–आर्थिक रुपान्तरणलाई जारी राख्छौँ”–सन्देशमा भनिएको छ ।

नेता कोइरालाले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको निरन्तर कामना पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ