काठमाण्डौ,११ माघ ।
उपप्रधान एबम परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य सुरु गरेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकस्थित पनौती नगरपालिकाको आव २०७३÷७४ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उहाँले त्यसका लागि राजनीतिक दलहरुको परामर्श र सहमति आवश्यक रहेको बताउनु भयो ।
उहाँले मुलुक अब विकास निर्माण र आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै नयाँ संविधानका कारण अब कसैले पनि बन्दुक बोकेर जङ्गल जानुपर्ने र नाकाबन्दी गर्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो ।
समावेशी दृष्टिकोणको आधारमा अहिलेको संविधान अग्रगामी र प्रगतिशील भएको औँल्याउँदै उहाँले राज्यको विभिन्न अङ्गमा दलित, जानजाति, मुस्लिम, आदिवासी, थारु, पिछडिएको समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline