मधेसी मोर्चाका माग सम्बोधन भयो – उपप्रधानमन्त्री रावल

मधेसी मोर्चाका माग सम्बोधन भयो – उपप्रधानमन्त्री रावल

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,११ माघ ।

उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चाले राखेका माग पूरा भएको बताउनुभएको छ ।

उहाँले संविधान संशोधनबाट जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी सिद्धान्तका माग पूरा भएको समेत बताउनुभयो ।

अरु जायज माग पनि वार्ता र छलफलबाटै पूरा गर्नेतर्फ सरकार गम्भीर भएर लागेको बताउँदै रक्षामन्त्री रावलले भूकम्पले थिलोथिलो भएको मुलुक र पीडित नेपालीलाई अरु धेरै मर्कामा नपार्न आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।

रुपन्देही व्यापार सङ्घको चौधौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै रक्षामन्त्री रावलले विद्यमान समस्या समाधानका लागि सरकार गम्भीरताका साथ लचिलो भएर प्रस्तुत भएको र मोर्चाबाट पनि त्यस्तै भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।

वर्तमान अवस्थामा जनताले देखाएको सद्भाव, सहनशीलता, धैर्यता र अनुशासन स्वागतयोग्य रहेको उल्लेख गर्दै मन्त्री रावलले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर जनतामा राहतको अनुभूति गराउन जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ