काठमाडौं, ११ माघ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल (क्रान्तिकारी ) कोे मेची महाकाली तीन ‘स’ अभियान आजबाट सुरु भएको छ ।
राष्ट्रियताको पक्षमा विद्यार्थी जागरण,सुदृढ संगगठनका लागि तीन ‘स’ अभियान भन्ने मुल नारका साथ सुरु भएको अभियानको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पुर्ण बहादुर सिहले उद्घाटन गरेका छन ।
आज विहान झापाको कन्काइ एजुकेसन फाउन्डेसनको प्रांगणमा आयोजीत उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिहले राष्ट्रियता संकटमा परेको बेला युवा बिद्यार्थीले त्यसको रक्षाका लागि संघर्ष गर्न अनिवार्य रहेकाले त्यसको सुरुवात आफुहरुले गरेको बताए ।
बिद्यार्थीले मात्र राष्ट्रियता जोगाउनसक्ने तर्फ इकिंत गर्दै उनले सरकारको नालायकी तथा गैरजिम्मेवारी प्रवृतीको विरुद्ध अब आम विद्यार्थीहरुले सडकमा जानुपर्ने बेला आएको समेत उद्घोष गरे ।
आज झापाबाट प्रारम्भ भएको अभियान फागुन ३० गते महाकालीको कंचनपुर पुगेर समापन हुने क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्मा बताएका छन ।