रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द

रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द

  • आइतवार, माघ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

धनकुटा, १० माघ ।

मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले एक दिने चक्काजाम आह्वान गरेको हो । बन्दका कारण धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण ती जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । तराई हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोसी राजमार्ग पनि बिहानैदेखि सुनसान रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालमा छन । यातायात ठप्प हुँदा सर्वसाधरण मारमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ