लिम्बूवान समितिद्वारा पूर्वमा चक्काजाम

लिम्बूवान समितिद्वारा पूर्वमा चक्काजाम

  • आइतवार, माघ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

ताप्लेजुङ, १० माघ ।

मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बूवान संयुक्त सङ्घर्ष समितिले अरुणपूर्व चक्काजाम आह्वान गरेका कारण आज बिहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ ।

यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सवारी साधन बिहानैदेखि ठप्प छन् । मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायत कारण मारमा पर्दै आएका सर्वसाधारण बन्दका कारण थप मारमा परेका छन् ।

घटनाको विरोधमा आज एक दिन यातायात मात्रै बन्द गरिएको समितिले जनाएको छ । अन्य बजार पसल, शैक्षिक संस्था भने खुला रहने जनाइएको छ ।

सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित चार दल सम्मिलित समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतङ्कको चरम रुप भएको आरोप लगाएको छ ।

गत बिहीबार मोरङको रङ्गेलीमा प्रहरीले चलाएको गोली लागेर रङ्गेली–४ चोपडा टोलकी द्रौपदीदेवी चौधरी तथा बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ