संचालकले श्रम शोषण गरेको शिक्षकहरुको गुनासो

संचालकले श्रम शोषण गरेको शिक्षकहरुको गुनासो

  • आइतवार, माघ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१० माघ ।

धनुषा जिल्लाका निजी विद्यालयमा कार्यरत शिक्षकले सञ्चालकहरुले आफुलाई श्रम शोषण गर्ने गरेको गुनासो गरेका छन । उनीहरुले विद्यालयलाई कमाउने थलोका रुपमा संचालकहरुले परिणत गरेको आरोप पनि लगाएका छन ।

निजी विद्यालय शिक्षक सङ्गठनद्वारा आयोजित क्षेत्रीय भेलामा सहभागी शिक्षकले विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्तिपत्र नदिइएको, आर्थिक अवस्था सुधारको कुनै योजना नभएको, बन्द अवधिको तलब नपाएको भनी सञ्चालकलाई ध्यान आकृष्ट गराउँदा कुनै पहल नभएको बताएका छन ।

भेलाले निजी विद्यालयका शिक्षकका लागि शिक्षा आयोगमा उमेरको हकबन्दी हटाउनुपर्ने, आयोगमा अस्थायी शिक्षक सरह काम गरेका आधारमा मूल्याङ्कन गर्नुपर्ने र निजी विद्यालय शिक्षकको हकमा आयोगमा दरबन्दीे सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।

त्यस्तै शिक्षकलाई बिनाकारण हटाउन नपाइने, शिक्षा दिवसका अवसरमा प्रदान गरिने राष्ट्रिय पुरस्कारमा समान अधिकार पाउनुपर्ने तथा शिक्षा कार्यालयबाट हुने तालिममा सहभागिता, छोराछोरीलाई निःशुल्क व्यवस्था, सञ्चय कोषको व्यवस्थाको माग पनि शिक्षकले गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ