काठमाण्डौ,९ माघ ।
ब्यवस्थापिका संसद बैठक साढे ५ घण्टा ढिला गरी सुरु भएको छ । संविधान संशोधन विधेयकमाथि परेका संशोधनको भाषा सम्बन्धमा दलहरुबीच सहमति हुन नसक्दा संसद बैठक झण्डै साढे ५ घण्टा ढिला गरी सुरु भएको हो ।
बैठक सुरु भएसँगै मधेशी मोर्चाआवद्ध दलका सांसदहरुले भने संसोधन प्रस्ताव समेत अपुरो रहेको भन्दै अवरोध र्पुयाएका छन् । प्रमुख तीन दलीय कार्यदल तथा प्रमुख दलहरुबीच भएको लामो छलफलमा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई प्रमुख आधार र भूगोललाई प्रतिनिधित्वको सहायक आधार मान्ने सहमति जुटेसँगै संसद बैठक सुरु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline