काठमाडौँ, ९ माघ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुनै पनि समस्या समयमै समाधान गर्न सकिएमा विवाद आफँैमा खतरनाक नहुने बताउनुभएको छ ।
नेपाल मध्यस्थता परिषद् (नेप्का)को २४ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले विकास, लगानी तथा आर्थिक क्रियाकलापका गतिविधि बढ्दै जाँदा विवाद आउँछन्, विवाद आउँदैमा सबै सिद्धियो भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।
मध्यस्थकर्ताका निर्णय पनि कहिले काँही अदालत वरिपरी घुमिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले मध्यकस्थाकर्ताका निर्णयलाई कसरी विवादमुक्त बनाउने भन्ने चुनौती रहेको बताउनु भयो ।
प्रधानन्यायाधीश श्रेष्ठले मध्यस्थकर्ता र निर्णयकर्ता (न्यायाधीश) ले एक अर्काका सीमा बुुझ्न जरुरी रहेको उल्लेख गर्दै एक अर्काकाबीचमा थप अन्तरक्रियाको खाँचो छ रहेको टिप्पणी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline