काठमाडौँ, ९ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन ऊर्जा उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
ओली वंश अक्षयकोष तथा ओली वंश समन्वय समितिद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा १०५ वर्षको अवधिमा ७०० मेगावट बिजुली निस्कियो, अब एक वर्षमा त्यति नै बिजुली निकाल्न सकेमा देशलाई विकास निर्माण तथा जनतालाई समृद्धितर्फ लैजान सकिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘‘देश अब अगाडि बढ्छ मेरो सङ्कल्प हो । यसलाई म पूरा गर्छु । नबुझ्नेले पछि बुझ्छन् । बुझ पचाएका पछुताउने छन् ।’’कार्यक्रममा प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी राधिकालाई पनि सम्मान गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline