उत्कृष्टताका लागि प्रभावकारी नेतृत्वमा जोड

उत्कृष्टताका लागि प्रभावकारी नेतृत्वमा जोड

  • शनिबार, माघ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पोखरा, ९ माघ ।

कुनै पनि सङ्घ संस्था उत्कृष्ट हुन नेतृत्व तह प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ । पोखरा जेसिज वर्ष २०१६ को प्रवचनमाला कार्यक्रमअन्तर्गत यहाँ आयोजित ‘उत्कृष्टताका लागि प्रभावकारी नेतृत्व’ विषयक कार्यक्रममा वक्ताहरूले नेतृत्व उत्कृष्ट भएमात्र संस्थाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने जोड दिइयो ।

कार्यक्रममा जेसी निरञ्जन श्रेष्ठले मानिसको व्यक्तित्व विकासको लागि चाहिने गुणमध्ये वाक् कला एक महत्वपूर्ण पक्ष भएको बताउँदै आफ्ना विचार स्पष्ट राख्नसक्ने व्यक्ति नै समाजमा सफल हुने बताउनुभयो ।

उहाँले जेसीआई पोखरा र यस संस्थाका सदस्यलार्ई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

पोखरा जेसिजका अध्यक्ष जेसी गोविन्दप्रसाद देवकोटाले तालिमको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास गर्ने युवाको अन्तर्राष्ट्रिय संस्था जेसीआइको पोखरा शाखाले सदस्यको वाककलामा निखारपना ल्याउन निरन्तर प्रयास गर्दैआएको जानकारी दिनुभयो ।

सचिवालय व्यवस्थापन संयोजक जेसी शिव केसी, प्रवचनमाला कार्यक्रम संयोजक जेसी मोहन थापालगायतले स्पष्ट वक्ता भएका अवस्थामा समाजमा स्वभाविक रुपमै उसको व्यक्तित्व प्रभावकारी बन्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ