काठमाडौं, ९ माघ ।
पाँच दलले संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेका छन ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
पाँच दलको बैठकले विधेयकको भाषा परिमार्जन गर्ने जिम्मा कानूनमन्त्री अग्नि खरेलसहितको तीन दलीय कार्यदललाई दिएको छ ।
तत्कालीन कांग्रेस नेतृत्वको सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संधिवानको धारा ४२,८४ र २४६ लाई संशोधन गर्न गर्न संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । सो मूल विधेयकमाथि कांग्रेस एमाओवादीसहितका सांसदले २४संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
तर मधेसी मोर्चाले भने सरकारले ल्याएको संशोधन प्रस्तावले मधेसको मुद्दा सम्बोधन नगर्ने भन्दै सो विधेयकको विरोध गरिरहेको छ ।